माघ २२देखि ‘द पोएट आइडल-२’ प्रसारण, जजमा केकी अनुबन्धित

हिमाल प्रेस १० माघ २०८० ११:३८ | Wednesday, January 24, 2024
माघ २२देखि ‘द पोएट आइडल-२’ प्रसारण, जजमा केकी अनुबन्धित

काठमाडौँ– टेलिभिजन रियालिटी शोज ‘द पोएट आइडल’ सिन २ को जजमा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन्। अभिनेत्री केकी र निर्माताबीच औपचारिक सहमति भएको हो।

पहिलो सिजनकी जज सुरक्षा पन्तको स्थानमा केकी अनुबन्धित भएकाे निर्माण टिमले जनाएको छ। अन्य तीन जजमा पहिलो सिजनकै उपेन्द्र सुब्बा, अनुप बराल र विप्लव प्रतीक निरन्तर हुनेछन्।

शाे का निर्देशक अमनप्रताप अधिकारी हुन्। निर्माण टिमका अनुसार दोस्रो सिजन माघ २२ गतेदेखि हिमालय टिभीमा प्रसारण हुनेछ।

कार्यक्रम साताको दुई दिन सोमबार र मंगलबार राति ९ बजे प्रसारण हुने जनाइएकाे छ। दोस्रो सिजनमा अडिसन राउण्डबाट १४ जना प्रतिस्पर्धी छनोट भएका छन्।

३१ एपिसोड प्रसारण हुने कार्यक्रमको होस्ट अभिनेता दिव्यदेवले गर्नेछन्। उनी पहिलो सिजनमा पनि होस्ट थिए। पहिलो सिजनमा सिक्किमकी कवयत्री निलम गुरुङ विजेता बनेकी थिइन्।

प्रकाशित: १० माघ २०८० ११:३८ | Wednesday, January 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast