महामन्त्री थापा भन्छन् : जनताका गुनासा र सुझाव लिन देश दौडाहामा निस्किएको हुँ

हिमाल प्रेस १३ माघ २०८० २१:४२ | Saturday, January 27, 2024
महामन्त्री थापा भन्छन् : जनताका गुनासा र सुझाव लिन देश दौडाहामा निस्किएको हुँ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा संवाद यात्राका क्रममा शनिबार झापाको गौरीगन्ज गाँउपालिका-१ स्थित कुन्जीबारीमा आयोजित भेलामा सम्बोधन गर्दै। तस्बिर : रासस

दमक (झापा)- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बलियो बनाउन आफूले संवाद यात्रा सुरु गरेको बताएका छन्। यात्राका क्रममा शनिबार अपराह्न झापाको गौरीगन्ज पुगेका महामन्त्री थापाले पार्टीका कार्यकर्ता, जनताका गुनासा र सुझाव लिन देश दौडाहास्वरूप ‘संवाद यात्रा’ सुरु गरिएको बताए। उनले संवाद यात्रामा जनताका कुरा सुन्ने र आफ्ना कुरा पार्टीमाझ पुर्‍याउने स्पष्ट पारे।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, जिल्ला सभापति देउमान थेवेसहित आएका उनले गौरीगन्जको कुन्जीबारी र खजुरगाछीमा सर्वसाधारणसँग स्थानीय समस्याबारे जानकारी लिनुका साथै पार्टी कार्यकर्तामाझ अन्तरक्रिया गरेका थिए।

सो अवसरमा कुन्जीबारीमा गौरीगन्ज-१ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले हुलाकी सडक, कन्काई नदीमा निर्माणाधीन पुललगायतका स्थानीय समस्या रखेका थिए।

थापाले झापाको काँकडभिट्टास्थित मेची भन्सारबाट सुरु गरेको संवाद यात्रा मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुगेर यही माघ २६ गते सकिने जनाइएको छ।

प्रकाशित: १३ माघ २०८० २१:४२ | Saturday, January 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast