महाकवि देवकोटाको गजल ‘आकाशमा शशी छन्’ सार्वजनिक

हिमाल प्रेस १७ माघ २०८० १३:४१ | Wednesday, January 31, 2024
महाकवि देवकोटाको गजल ‘आकाशमा शशी छन्’ सार्वजनिक

काठमाडौँ– महाकवि लक्ष्मीप्रसाद देवकोटाको गजल ‘आकाशमा शशी छन्’को रेकर्ड गरिएको छ। गायक तथा संगीतकार सन्तोष श्रेष्ठले गजललाई गायनशैलीमा सार्वजनिक गरेका हुन्।

यो देवकोटाको नाटक ‘सावित्री सत्यवान’ भित्र समावेश छ। नाटकभित्र गाना भनेर राखिएको गजलमा तीन शेर छ। ‍गजल मुजारे मुसम्मन अखरब बहरमा लेखिएको छ।

याे नाटक साझा प्रकाशनले पहिलोपटक २०२४ सालमा छापेको थियो। महाकाव्य, खण्डकाव्य, गीत, नाटक, उपन्यास, निबन्ध लेखेका देवकोटा बहुआयामिक व्यक्ति हुन् भन्ने सबैलाई थाहा छ। तर गजल पनि लेखे भनेर धेरैलाई थाहा नहुन सक्छ।

देवकोटाले गजल पनि लेखेका छन् भन्ने परिणमस्वरुप गायक श्रेष्ठले यस गीतमा संगीत भरे। र आफैंले गाए।

राम कार्कीको संगीत संयोजन रहेको गीतको मिक्सिङ प्रकाश मिश्रले गरेका छन्। हेम प्रभासको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा पनि श्रेष्ठकै अभिनय छ।भिडियो काठमाडौँको मैतिदेवीस्थित देवकोटाको संग्राहलयमा छायांकन गरिएको छ।

विरेन्द्र भाट ‘विपिन’ले छायांकन र सम्पादनमा बनेको गीत गोल्डेन क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे।

यस्ताे छ गीत

प्रकाशित: १७ माघ २०८० १३:४१ | Wednesday, January 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast