मधेश कृषि विश्वविद्यालयले समृद्धि ल्याउँछ : उपेन्द्र यादव

हिमाल प्रेस ८ माघ २०८० २१:३९ | Monday, January 22, 2024
मधेश कृषि विश्वविद्यालयले समृद्धि ल्याउँछ : उपेन्द्र यादव उपेन्द्र यादव।

सप्तरी- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले लामो समयदेखि मधेश कृषि विश्वविद्यालयको सपना पूरा भएकोमा खुसी व्यक्त गरेका छन्।

आज (सोमबार) सो विश्वाविद्यालयको भवन शिलान्यासका अवसरमा विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्‍याउनेमा विश्वास व्यक्त गरे।

‘आज राजविराजमा कृषि विश्वविद्यालय भवन शिलान्यास गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ, विश्वविद्यालयबाट उत्पादन हुने दक्ष जनशक्तिले कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै रोजगारी तथा आर्थिक समृद्धिमा योगदान दिनेमा विश्वस्त छु,’ उनले भने।

उनले विश्वविद्यालयको भवन निर्माणका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: ८ माघ २०८० २१:३९ | Monday, January 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast