मंगोलियामा ग्यास विस्फोट हुँदा ६ जनाको मृत्यु,१४ घाइते

हिमाल प्रेस १० माघ २०८० १७:०६ | Wednesday, January 24, 2024
मंगोलियामा ग्यास विस्फोट हुँदा ६ जनाको मृत्यु,१४ घाइते

उलानबटार- मंगोलियाको राजधानी उलानबटारमा ग्यास विस्फोटमा हुँदा ६ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

मंगोलियन राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा) ले आफ्नो वेबसाइटमार्फत ६० टन तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेको ट्रक कारसँग ठोक्किदा विस्फोट भएको जनाएको छ।

प्रारम्भिक विवरणअनुसार विस्फोटमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। नेमाले आफ्नो वेबसाइटमा तीनजना अग्नि नियन्त्रकको समेत मृत्यु भएको तथा १४ जनालाई उपचारका लागि पठाइएको जनाएको छ।

आपतकालीन व्यवस्थापन निकायका अनुसार घाइतेमध्ये १० जनालाई जलेको अवस्थामा उपचारका लागि अस्पताल लगिएको छ। घटनास्थलमा उद्धार टोली पठाएर आगो निभाइएको आपतकालीन व्यवस्थापन निकायले जनाएको छ।

आपतकालीन सेवाद्वारा सार्वजनिक तस्बिरहरूमा आगलागी भएको स्थानमा दुईवटा गाडी जलेर क्षति भएको र नजिकैको स्कुलको झ्यालसमेत फुटेको देखाइएको छ। रासस/एएफपी

प्रकाशित: १० माघ २०८० १७:०६ | Wednesday, January 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast