‘भ्वाइस अफ नेपाल सिजन-५’ बने मिलन नेवार टिमका विनोद

हिमाल प्रेस २८ पुष २०८० ७:२३ | Saturday, January 13, 2024
‘भ्वाइस अफ नेपाल सिजन-५’ बने मिलन नेवार टिमका विनोद

काठमाडौँ- भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन्। शुक्रबार राति ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जिते।

विजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन्। मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए।

उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो। दर्शकको सर्वाधिक भोटको आधारमा विनोदले उपाधि जितेका हुन्। जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन्।

प्रकाशित: २८ पुष २०८० ७:२३ | Saturday, January 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast