कोशीमा सभामुख चयनप्रति भीम रावलको टिप्पणी : लाज भन्ने शब्दमाथि अत्याचार हुन्छ

हिमाल प्रेस २६ पुष २०८० १०:२२ | Thursday, January 11, 2024
कोशीमा सभामुख चयनप्रति भीम रावलको टिप्पणी : लाज भन्ने शब्दमाथि अत्याचार हुन्छ

काठमाडौँ- नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले कोशी प्रदेशको सभामुख चयनलाई तीखो टिप्पणी गरेका छन्।

उनले कोशीको सभामुख चयनलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन राजनीति तथा संघीयताको विकृत कुरूप भनेका छन्।

उनले कोशी प्रदेशमा सभामुखको निर्वाचन लाज भन्ने शब्दमाथि समेत अत्याचार हुने टिप्पणी गरेका छन्।

केही दिनअघि कोशीमा सर्वसहमतबाट राप्रपाका नेतालाई सभामुख चुनिएको थियो।  राप्रपा नेता अम्बरबहादुर विष्टलाई नेकपा एमालेसहित सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्रले सर्वसम्मत सभामुखमा चुनेका थिए। लोकतान्त्रिक भनिने दलहरूले राप्रपालाई समर्थन गरेको देखेर सामाजिक सन्जालमा आलोचना भइरहेको छ।

रावलले पनि राप्रपालाई अन्य दलले गरेको समर्थन प्रति टिप्पणी गरेका हुन्।

प्रकाशित: २६ पुष २०८० १०:२२ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast