भिजिट भिसामा विदेश जान लागेका ८४ जना विमानस्थलबाटै फर्काइए

हिमाल प्रेस ९ माघ २०८० १५:०० | Tuesday, January 23, 2024
भिजिट भिसामा विदेश जान लागेका ८४ जना विमानस्थलबाटै फर्काइए त्रिभुवन विमानस्थल, फाइल तस्बिर।

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले भिजिट भिसामा विभिन्न मुलुक जान लागेका ८४ जनालाई फिर्ता गरेको छ। उनीहरू यात्रा शंकास्पद लागेपछि फिर्ता गरेको विमानस्थलले जनाएको छ।

भिजिट भिसामा युएई, श्रीलंका ,बहराइनलगायत देश जान लागेका उनीहरूले आफ्नो भ्रमणको उद्देश्यबारे अध्यागमनका अधिकारीसमक्ष नबताएपछि राेकेकाे हाे।
अध्यागमनबाट फिर्ता हुनेमा मोरङका सुवास राजबंशी,डोटीका दिपकराज ओझा, सल्यानका विजन रोका, उदयपुरका सुदिप पौडेल,स्याङ्जाका विक्रम विक र अनिष खत्री, कास्कीका नविन डांगी, संखुवासभाका विजय श्रेष्ठ, बर्दियाका सुमन विक, चितवनका प्रकाश महतो रहेका छन्।

त्यस्तै दिलकुमार बाइबा, गंगाराम लिम्बू, सन्देश भुसाल, कविन गिरी, सुरजप्रसाद भुर्तेल, हिमबहादुर भण्डारी, सुजनबहादुर बस्नेत, कुमार मगर, सुदिप पौडेललगायत छन्।

प्रकाशित: ९ माघ २०८० १५:०० | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast