बोर्डले माग्याे शिक्षकहरूकाे विवरण

हिमाल प्रेस २ माघ २०८० १०:१४ | Tuesday, January 16, 2024
बोर्डले माग्याे शिक्षकहरूकाे विवरण

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षासम्बन्धी कार्यका लागि इच्छुक शिक्षकहरूको विवरण माग गरेको छ।

बोर्डले प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तर पुस्तिका परीक्षण, सम्परीक्षण, परीक्षा पर्यवेक्षण प्रयोगात्मक परीक्षाको वाह्य परीक्षक, प्रशिक्षक प्रशिक्षणका लागि सूचीकृत हुन सूचना जारी गरेको हो।

बोर्डले कक्षा ११ र १२ मा अध्यापनरत इच्छुक शिक्षकहरूलाई आफू सहभागी हुन चाहेको क्षेत्र, अध्यापनरत विषय, विशिष्टीकृत विषय र अध्यापन अनुभव वर्ष उल्लेख गरी नागरिकताको प्रतिलिपि एवम् माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी सम्बन्धित विद्यालयमा बुझाउन बोर्डले अनुरोध गरेको छ।

त्यसपछि सम्बन्धित विद्यालयका प्राध्यापकले बोर्डको वेबसाइटमा दिइएको ठेगानामा सिफारिसपत्रसहित अपलोड गर्नुपर्नेछ। बोर्डले यसका लागि माघ मसान्तसम्मको समय दिएको छ।

प्रकाशित: २ माघ २०८० १०:१४ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast