बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु

हिमाल प्रेस १६ माघ २०८० १८:४३ | Tuesday, January 30, 2024
बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु

बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य सात जना घाइते भएका छन्।

जिल्लाको दोगडाकेदार गाउँपालिका-८, कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता निरीक्षक नन्दराज जोशीले जानकारी दिए।

दोगडाकेदारको सिल्लेगडाबाट कालागोरा गाउँ जाँदै गरेको सुपप्र ०१००२ ज १५३७ नम्बरको जिप आज (मंगलबार) दिउँसो वडा नं २ को कटौजपानीमा दुर्घटना भएको हो।

दुर्घटनामा दोगडाकेदार-८ कै चालकसमेत रहेका ३० वर्षीय भुपेन्द्र विष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश विष्ट, ५० वर्षीया वीरे लुहार, २६ वर्षीया घुमरा विष्ट, ५० वर्षीया कृष्णा विष्ट, ७० वर्षीया हरिमाया विष्ट र १७ वर्षीय महेश विष्ट घाइते भएका छन्। घाइतेमध्ये जिप चालक भूपेन्द्रको अवस्था गम्भीर रहेको प्रवक्ता जोशीले बताए।

घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ। जिपमा चालकसहित आठ जना सवार थिए।

प्रकाशित: १६ माघ २०८० १८:४३ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast