बेनी बजारमा युवाको हत्या आरोपमा चार जना पक्राउ

हिमाल प्रेस १२ माघ २०८० १९:१५ | Friday, January 26, 2024
बेनी बजारमा युवाको हत्या आरोपमा चार जना पक्राउ प्रतिनिधिमूलक तस्बिर।

म्याग्दी- सदरमुकाम बेनी बजारमा भएको हत्या घटनामा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन्।

बेनी नगरपालिका-८, पिपलचोक बस्ने रघुगंगा गाउँपालिका-१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ बेनीको न्यूरोडमा चक्कु प्रहार गरी हत्या गरिएको थियो। घटनामा संलग्नताको आरोपमा पक्राउ परेकाको विवरण प्रहरीले आज (शुक्रबार) सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा धवलागिरि गाउँपालिका-४ का अमृत पुर्जा, शंकर घर्ती, रघुगंगा-७ का १९ वर्षीय उत्सव पुन र मंगला गाउँपालिका-२ का २३ वर्षीय जीवन जिसीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिए।

ज्यानसम्बन्धी कसुर/मुद्दा शीर्षकअन्तर्गत जिल्ला अदालतबाट बिहीबारदेखि पाँच दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ। प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार छातीमा चक्कु प्रहार गरेर सख्त घाइते बनाइएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थियो। -रासस

प्रकाशित: १२ माघ २०८० १९:१५ | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast