बुद्धेश्वरीका विद्यार्थीले पाए न्यानो कपडा

हिमाल प्रेस ९ माघ २०८० १३:११ | Tuesday, January 23, 2024
बुद्धेश्वरीका विद्यार्थीले पाए न्यानो कपडा

मोरङ- जहदा गाउँपालिका–१ श्री बुद्धेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। करिम फाउन्डेसनले गरिब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो।

एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई स्विटर वितरण गरिएको उक्त विद्यालयका लेखापाल मुकेश कुमार यादवले जानकारी दिए।

यादवकाे भनाइमा करिम फाउन्डेसनका अध्यक्ष मो.सरफराज आलमलगायतको टोलीले स्विटर वितरण गरेका हुन्।

विद्यालयका प्रधानाध्यापक गिरजाप्रसाद यादवले ‍विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकोमा फाउन्डेसनलाई धन्यवाद दिए।

प्रकाशित: ९ माघ २०८० १३:११ | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast