बालेनले गरे राष्ट्रियसभा निर्वाचन बहिष्कार

हिमाल प्रेस ११ माघ २०८० १३:०० | Thursday, January 25, 2024
बालेनले गरे राष्ट्रियसभा निर्वाचन बहिष्कार काठमाडौँ महानगरका मेयर बालेन शाह। फाइल तस्बिर

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रियसभा सदस्यको निर्वाचन बहिष्कार गरेका छन्। ‍बागमती प्रदेशतर्फबाट राष्ट्रियसभा सदस्य चयनका लागि बिहीबार बिहानदेखि प्रदेश राजधानी हेटौँडामा जारी मतदानमा बालेन गएका छैनन्।

बालेका प्रमुख स्वकीय सचिव भूपदेव शाहले कार्य व्यस्तताका कारण मेयर बालेन मतदान गर्न नगएको जानकारी दिए।

काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौँडा गइसकेकी छन्। राष्ट्रियसभा सदस्य चयन गर्न प्रदेशसभा सदस्य र मेयर/उपमेयर तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष मतदाता हुन्छन्। बालेनले महानगरका नयाँ प्रशासकीय अधिकृत प्रदिप परियारसहित विभागीय प्रमुखहरूको बैठक बोलाएका छन्।

बालेन गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित मेयर हुन्। अहिलेको निर्वाचनमा विभिन्न दलहरूले गठबन्धन गरेका छन्।

प्रकाशित: ११ माघ २०८० १३:०० | Thursday, January 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast