बार्सिलोनालाई स्तब्ध बनाउँदै रियलले उचाल्यो सुपर कपको उपाधि

हिमाल प्रेस १ माघ २०८० ८:१९ | Monday, January 15, 2024
बार्सिलोनालाई स्तब्ध बनाउँदै रियलले उचाल्यो सुपर कपको उपाधि

काठमाडौँ- स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ। सोमबार बिहान सकिएको फाइनलमा रियलले बार्सिलोनामाथि ४–१ गोलको एकतर्फी जित निकाल्दै उपाधि उचालेको हो ।

रियललाई च्याम्पियन बनाउनका लागि भिनिसियस जुनियरले ह्याट्रिक गर्दा रोड्रिगोले १ गोल थपेका थिए । बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले सान्त्वना गोल गरे।

रियल मड्रिडका लागि जुनियरले सातौं मिनेटमा जुड बेलिङघमको पासमा गोल गर्दै अग्रता दिलाए। जुनियरले १० औं मिनेटमा रोड्रिगोको पासमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरे। ३३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउन प्रयास गरेका थिए।

तर, ३९ औं मिनेटमा जुनियरले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेपछि रियल ३–१ ले अघि बढेको थियो। ६४ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत पहिलो गोल गर्दा रियल मड्रिड ४–१ ले अघि बढेको थियो।

७१ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । रोनाल्ड अरुगो दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाडेका थिए।

त्यसपछि थप गोल नभएपछि शानदार जितका साथ रियलले सुपर कपको उपाधि कब्जा गर्न सफल भयो। जितसँगै गत संस्करणको फाइनलमा व्यहोरेको हारको बदला पनि रियलले लिएको छ ।

सुपर कपको उपाधि सर्वाधिक जित्ने टोली बार्सिलोना हो भने दोस्रो स्थानमा रियल मड्रिड रहेको छ। बार्सिलोनाले अहिलेसम्म १४ पटक उपाधि जित्दा रियलले १३ पटक जितेको छ।

प्रकाशित: १ माघ २०८० ८:१९ | Monday, January 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast