छोरीमाथि बलात्कार र छोराको हत्या गर्ने बाबु पक्राउ

हिमाल प्रेस ४ माघ २०८० १३:११ | Thursday, January 18, 2024
छोरीमाथि बलात्कार र छोराको हत्या गर्ने बाबु पक्राउ प्रतिकात्मक तस्बिर

काठमाडौँ- आफ्नी बहिनीमाथि भएको बलात्कार घटना बाहिर ल्याउने दाजुको हत्या गरेर फरार बाबुलाई प्रहरीले पक्राउ गरेको छ। छोरीको बलात्कार तथा छोराको हत्या गरेर फरार भएका बाबुलाई बिहीबार बिहान कैलाली टीकापुरबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए।

बलात्कार जाहेरी दिएपछि गत सोमबार बाबुले आफ्नै छोराको हत्या गरेका थिए। बाख्राको खोर नजिकै शव फेला परेपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो। धारिलो हतियार प्रहार गरेर छोराको हत्या गरिएको थियो।

बाबुले बहिनीमाथि बलात्कार गरेपछि दाजुले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी उजुरी दिएका थिए। बलात्कार जाहेरी दिएको भन्दै बाबुले आफ्नै छोराको हत्या गरेर फरार भएका थिए। बाबुबाट बलात्कृत छोरीको उपचार भइरहेको छ।

पक्राउ परेका बाबुले गत असोजमा छोरीमाथि बलात्कार गरेका थिए। बाबुबाट बलात्कार भएको घटना बहिनीले दाजुलाई सुनाएकी थिइन्। बहिनीले उक्त खबर सुनाएपछि दाजुले प्रहरीकोमा जाहेरी दिएका थिए। बलात्कारको जाहेरी दिने छोराको हत्या गरिएपछि हत्याको कसुरमा अर्को छोरा तथा मृतकका भाइले बाबु विरुद्ध जाहेरी दिएका छन्।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ माघ २०८० १३:११ | Thursday, January 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast