बढ्दो हमलाका बीच जापानी विदेशमन्त्रीको युक्रेन भ्रमण

हिमाल प्रेस २२ पुष २०८० २०:१८ | Sunday, January 7, 2024
बढ्दो हमलाका बीच जापानी विदेशमन्त्रीको युक्रेन भ्रमण तस्बिरः रोयटर्स।

युक्रेन (रासस/एएफपी)- जापानका विदेशमन्त्री योको कामिकावाले आइतबार किएभको भ्रमण गरेकी छन्। भ्रमणका क्रममा उनले मस्कोको आक्रमणको दोस्रो वर्ष नजिक आउँदा टोक्यो युक्रेनलाई समर्थन गर्न ‘दृढ’ रहेको बताएकी छन्।

जापान रुसविरुद्ध पश्चिमी प्रतिबन्धहरूमा सामेल भएको छ र उसले किएभलाई हतियार प्रदान गरेको छ। कामिकावा सन् २०२४ को आफ्नो पहिलो विदेश भ्रमणका रुपमा युक्रेन पुगेकी हुन्।

‘युक्रेनमा शान्ति पुनर्वहाली हुन सकोस् भन्ने हेतुले जापान युक्रेनलाई सहयोग गर्न प्रतिबद्ध छ,’ उनले पत्रकार सम्मेलनमा भनिन्, ‘युक्रेनमा अहिले स्थिति कति तनावपूर्ण छ भन्ने मैले महसुस गर्न सक्छु।’

उनको भ्रमण द्वन्द्वमा दुवै पक्षबाट बढ्दो हमलाका बीच भएको हो। ‘विशेष गरेर नयाँ वर्षको दिनमा म एकपटक फेरि रुसको क्षेप्यास्त्र र ड्रोन हमलाको निन्दा गर्दछु,’ उनले भनिन्। उनले ड्रोन पत्ता लगाउने प्रणाली प्रदान गर्नका लागि जापानले ३ करोड ७० लाख अमेरिकी डलर दिने घोषणा पनि गरिन्।

प्रकाशित: २२ पुष २०८० २०:१८ | Sunday, January 7, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast