फागुन ४ मा ‘जिग्री’ आउँदै

हिमाल प्रेस ७ माघ २०८० १७:०५ | Sunday, January 21, 2024
फागुन ४ मा ‘जिग्री’ आउँदै

काठमाडौँ– फागुन ४ देखि फिल्म ‘जिग्री’ प्रदर्शन हुने भएको छ। निर्माण टिमले तीन पोस्टर सार्वजनिक गर्दै फागुन ४ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो।

‘एउटा आलु जस्तो, अर्को तामा जस्तो’ ट्यागलाइन रहेको फिल्म कमेडी, क्राइम, एक्सन, ड्रामा जनरामा बनेको छ। फिल्मका निर्देशक आकाश मगर हुन्।

फिल्ममा अनेकौँ सपना बोकेर काठमाडौँ आएका दुई फरक युवाको संघर्षको कथा रहेको निर्माण टिमले जनाएको छ।

अभय बराल, आकाश मगर, सुशीलराज पाण्डे र पशुपति राईको मुख्य भूमिकामा रहेको फिल्ममा अन्य कलाकार सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिश व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय छ।

फिल्मका निर्माता कुमार श्रेष्ठ  हुन् भने कार्यकारी निर्मातामा कुसुम थापा मगर छन्। फिल्मकाे छायांकन सुमित भट्ट र सोमित माझीले गरेका हुन्।

सरुन मानन्धरको सम्पादनमा बनेको फिल्ममा सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति छ।

प्रकाशित: ७ माघ २०८० १७:०५ | Sunday, January 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast