प्राधिकरणले भन्यो : निःशुल्क विद्युत् वितरण भएको छैन

हिमाल प्रेस १५ माघ २०८० ७:५६ | Monday, January 29, 2024
प्राधिकरणले भन्यो : निःशुल्क विद्युत् वितरण भएको छैन

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले निःशुल्क विद्युत् वितरण गरिएको भन्ने भ्रममा नपर्न आग्रह गरेको छ।

नयाँ वर्षको अवसरमा प्राधिकरणले आफ्ना ग्राहकलाई सय युनिट विद्युत् निःशुल्क वितरण गरेको भन्ने भ्रम छर्ने काम सामाजिक सञ्जालमा भइरहेको भन्दै यसमा सत्यता नरहेको स्पष्ट पारेको हो ।

लोगो दुरुपयोग गरी त्यस्तो हल्ला गरिएको भन्दै कपोकल्पित सूचनामा विश्वास नगर्न प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको छ।

प्राधिकरणबाट जारी गरिएको आधिकारिक सूचनाबाहेकको हकमा प्राधिकरण जिम्मेवार नहुने समेत सूचनामा उल्लेख छ।

प्रकाशित: १५ माघ २०८० ७:५६ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast