काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्त इजुमी नाकामित्सुबीच शिष्टाचार भेट भएको छ।
प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्याएको योगदानलगायत आपसी चासोका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रकाशित: १० माघ २०८० १९:२४ | Wednesday, January 24, 2024
प्रतिक्रिया





