प्रचण्डले सहिदको अवमूल्यन हुने काम गरे : शेखर कोइराला

हिमाल प्रेस १६ माघ २०८० १३:३८ | Tuesday, January 30, 2024
प्रचण्डले सहिदको अवमूल्यन हुने काम गरे : शेखर कोइराला शेखर कोइराला । फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिदहरूको अवमूल्यन हुने काम गरेको आरोप लगाएका छन्।

मंगलबारबाट सुरु भएको सामुदायमा कांग्रेस अभियानको विराटनगरमा सुरुवात गर्दै नेता कोइरालाले प्रजातन्त्रका निम्ति वलिदानी दिएका सहिदको अवमुल्यन प्रधानमन्त्री दाहालले गरेको बताए। उनले भने, ‘प्रधानमन्त्रीजीले ३ हजार थप सहिद थप्ने कुरा गर्नुभयो। सहिद दिवसका दिन हामीले सहिदहरूलाई अवमूल्यन गर्नु भएन। त्यो कुरामा ध्यान दिन आवश्यक छ।’

नेता कोइरालाले भने, ‘सहिद दिवसका दिन हामीले सहिदको अवमूल्यन गर्नु भएन। त्यसमा ध्यान दिनु आवश्यक छ। सहिदको वास्तविक परिभाषालाई अंगिकार गरी अघि बढ्दा सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्छ। सहिदको संख्या थप्दै गर्दा अपमान हुने बुझेको छु।’

प्रधानमन्त्री प्रचण्डले माघ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्ने अभिव्यक्ति दिएका थिए।

त्यसैगरी, कार्यक्रममा नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझ्न अघि बढेको उल्लेख गरे। उनले समुदायस्तरमा देखिएका कमी-कमजोरीलाई आत्मसात गर्दै सच्चिएर कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए।

उनले विराटनगरमा शुद्ध खानेपानीलाई प्रभावकारी रुपमा जनतामाझ पुर्‍याउन महानगरले काम गर्दै आएको बताए। जापानको सहयोगी संस्था जाईकाले महानगर भित्र विच्छ्याइएको खानेपानीको पुरानो पाइप विस्थापित गर्दै नयाँ पाइप लगाउने कार्य अघि बढेको उल्लेख गरे।

त्यसैगरि, सुकुम्बासी र सिंघिया खोलाको तटबन्धको समस्याबारे उठेको जिज्ञासा नेता कोइरालाले सिंघिया खोलामा अस्थायी तटबन्ध बन्ने बताए। उनले भने, ‘प्रदेश सरकारले यस क्षेत्रमा कोरिडोर निर्माण गर्नेछ। यसका लागि ठूलो बजेट लाग्ने र समय लाग्ने हुँदा अब केही समय धैर्य गरिदिन आग्रह छ।’

प्रकाशित: १६ माघ २०८० १३:३८ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast