 
                             
                                            काठमाडौँ-फिल्म ‘महाजात्रा’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार सामाजिक सञ्जामार्फत फिल्मको पोस्टर सार्वजनिक गरेको हो।
पोस्टरमा अभिनेता हरिवंश आचार्य, रवीन्द्र सिंह बानियाँ, विपिन कार्की र रवीन्द्र झा देखिएका छन्। तीन पात्रले कलाकार हरिवंशलाई ह्वीलचेयरमा लागिरहेका छन्। पृष्ठभूमिमा गाडी, पैसासहितकाे पोस्टरले फिल्मको कथालाई संकेल तरेको अनुमान गर्न सकिन्छ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्म चैत्र ९ मा नेपालसहित विदेशमा समेत प्रदर्शन हुनेछ। फिल्ममा अन्य कलाकार प्रकाश घिमिरे, राजाराम पौडेल, शिशिर बाङ्देल, गौमाया गुरुङ, प्रवीण खतिवडा, अर्जुनजंग शाही, दिव्यदेव, वर्षा राउत, सुमन कार्कीलगायतको अभिनय छ।
फिल्मका निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन्। पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्ममा कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन र आशिष अविरलकाे संगीत छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![यस्ताे छ ‘हरिबहादुरको जुत्ता’ काे ट्रेलर [भिडियाेसहित]](https://himalpress.com/wp-content/uploads/2025/09/haribahadurko-jutta.jpg) 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 