काठमाडौँ– पुस २० देखि २२ गतेसम्म भृकुटीमण्डपमा नेपाल उड, फर्निचर तथा होम डेकोर प्रदर्शनी हुने भएको छ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रूपमा प्रर्दशनीको आयोजना गर्ने भएका हुन्। फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादन सम्बन्धीका एक सयभन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीको यो नवौँ संस्करण हो।
यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा सोसाइटी अफ नेपालिज आर्किटेक्ट, इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ तथा नेपाल प्लाइउड उत्पादक संघ रहेका छन् भने ल्यानयार्ड पार्टनरको रूपमा फर्निचर हब रहेको छ।
प्रकाशित: १८ पुष २०८० १३:३७ | Wednesday, January 3, 2024
प्रतिक्रिया



