पुल्चोकमा बीवाईडीको सोरुम

हिमाल प्रेस ४ माघ २०८० १७:४० | Thursday, January 18, 2024
पुल्चोकमा बीवाईडीको सोरुम

काठमाडौँ- विद्युतीय सवारीसाधनका क्षेत्रमा अग्रणी कम्पनी बीवाईडीले ललितपुरको पुल्चोकमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ। सोरुमको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गरे।

अत्याधुनिक सोरुममा नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो तीन र भर्सटाइल बीवाईडी डल्फिनलगायतका विभिन्न अत्याधुनिक इलेक्ट्रिक सवारीसाधन हुने कम्पनी विज्ञप्तिमा उल्लेख छ। नेसनल सेल्स हेड प्रकाश तुलाधरले भने, ‘ललितपुरमा यो नयाँ सोरुमको उद्घाटनसँगै नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा हामी हर्षित छौँ। यो सुविधाले हाम्रा अत्याधुनिक विद्युतीय सवारीसाधन प्रदर्शन गर्ने प्लेटफर्मको रूपमा मात्र काम गर्दैन, यस क्षेत्रमा दिगो यातायात अभ्यास प्रवर्द्धन गर्न एक हबका रूपमा समेत कार्य गर्दछ।’

यस सोरुम उद्घाटनले बीवाईडीको विस्तार रणनीतिमा एक महत्त्वपूर्ण कोसेढुंगाको कार्य गरेको दाबी कम्पनीको छ। विद्युतीय सवारीसाधन प्रविधिमा भएको नवीनतम् प्रगति र दिगो यातायातका लागि आफ्नो बलियो प्रतिबद्धतालाई प्रमाणित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सम्भावित खरिदकर्ता र ग्राहकहरुका लागि यसले ‘वान स्टप सोलुसनु प्रदान गर्दछ, जहाँ एक्सचेन्ज, फाइनान्सिङका साथै फास्ट चार्जिङ स्टेसन समेत उपलब्ध हुनेछ।’ बीवाईडीको ललितपुरका लागि आधिकारिक वितरकको रुपमा इको ड्राइभ अटोमोबाइल प्रालिले पुल्चोकमा सोरुम सञ्चालनमा ल्याएको हो।

प्रकाशित: ४ माघ २०८० १७:४० | Thursday, January 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast