पर्वतको मोदीबेनीमा आधारित फिल्म बन्दै

हिमाल प्रेस २ माघ २०८० १७:२२ | Tuesday, January 16, 2024
पर्वतको मोदीबेनीमा आधारित फिल्म बन्दै

काठमाडौँ– पर्वतको मोदीबेनी क्षेत्रमा आधारित फिल्म बन्ने भएको छ। शंकर कोइरालाको निर्देशनमा फिल्म ‘मोदीबेनी’ बन्न लागेको हो।

निर्माण टिमले फिल्मको थिम पोस्टर सार्वजनिक गरेका छन्। करिब चार दशक अघिको कथालाई अहिलेको परिवेशअनुसार फिल्ममा प्रस्तुत गर्ने बताइएको छ।

टिमका अनुसार काभ्रे र मोदीबेनीमा माघकाे अन्तिम सातापछि फिल्म छायांकन गरिनेछ। आनन्दविक्रम क्षेत्रीको लेखन रहने फिल्ममा दिलीप केसीले लगानी गर्नेछन्। हरि श्रेष्ठ सह-निर्माता रहने फिल्ममा डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुति रहनेछ। फिल्ममा कलाकारको नाम सार्वजनिक गरिएको छैन्।

 मोदीबेनी धार्मिक स्थल हो। पर्वतस्थित मोदी नदीको सङ्गमस्थलमा रहेको भगवान नृसिंहको पुरानो मन्दिर क्षेत्रलाई मोदीबेनी दिव्यधाम भनेर चिनिन्छ।

उक्त मन्दिरमा शालीग्रामलाई नृसिंह भगवानको अवतारका रुपमा पूजा गरिँदै आइएको छ। जहाँ एक सय आठ तुलसीको बोटसहित गणेश मन्दिर, शिवमन्दिर, हनुमान मन्दिरलगायतका संरचना छन्।

प्रकाशित: २ माघ २०८० १७:२२ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast