पर्यटन र लगानी प्रवर्द्धन गर्न डेनमार्कमा प्रवर्द्धनात्मक कार्यक्रम

हिमाल प्रेस २८ पुष २०८० २०:२३ | Saturday, January 13, 2024
पर्यटन र लगानी प्रवर्द्धन गर्न डेनमार्कमा प्रवर्द्धनात्मक कार्यक्रम

काठमाडौँ- नेपाली राजदूतावास डेनमार्कद्वारा नेपाल प्रवर्द्धन र विशेष गरी पर्यटन तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबार डेनमार्कको राजधानी कोपेनहेगनमा एक प्रवर्द्धनात्मक कार्यक्रमको आयोजना गरेको छ।

आर्थिक कूटनीतिअन्तर्गत आयोजित उक्त कार्यक्रममा पर्यटन तथा अन्य व्यवसायी, पत्रकार, सरकारी पदाधिकारीलगायत विभिन्न क्षेत्रमा कार्यरत करिब एक सय ३० डेनिस नागरिकसहित विभिन्न संघसंस्थाका पदाधिकारी, व्यवसायी नेपाली तथा अन्य गरी एक सय ६० जनाको उपस्थिति थियो।

डेनमार्कका लागि नेपाली राजदूत प्राडा रामस्वार्थ रायद्वारा उद्घाटन गरिएको कार्यक्रममा नेपाली मौलिक लोकनृत्य, गुरुङ तथा मगर नृत्य प्रस्तुत गरिएको थियो भने नेपाली बाजा समूह डेनमार्कद्वारा नेपाली लोक भाकामा पञ्चैबाजा प्रस्तुत गरिएको थियो।

त्यस अवसरमा राजदूत रायले नेपालको वर्तमान अवस्थाको संक्षिप्त चर्चा गर्दै नेपालको पर्यटन र लगानीका क्षेत्रबारे जानकारी दिएका थिए।

यो कार्यक्रमबाट नेपाली पर्यटनको विकास तथा लगानी प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास कोपेनहेगनस्थित नेपाली दूतावासले जनाएको छ।

प्रकाशित: २८ पुष २०८० २०:२३ | Saturday, January 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast