पक्राउ परे नक्कली डाक्टर : शिक्षण अस्पताल महाराजगञ्जमा काम गर्ने बताउँदै, क्लिनिकमा बिरामी जाँच्दै

हिमाल प्रेस ८ माघ २०८० १३:३४ | Monday, January 22, 2024
पक्राउ परे नक्कली डाक्टर : शिक्षण अस्पताल महाराजगञ्जमा काम गर्ने बताउँदै, क्लिनिकमा बिरामी जाँच्दै

काठमाडौँ– काठमाडौँमा एक जना नक्कली डाक्टर पक्राउ परेका छन्। नक्कली शैक्षिक प्रमाणपत्र बनाएर काठमाडौँका विभिन्न क्लिनकहरूमा बिरामी जाँच्दै आइरहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनले प्रहरीले आज नै सार्वजनिक गर्ने तयारी गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो। मोरङस्थित विराटनगर महानगरपालिका-२ का उनी ‍‍धौलागिरि पोलिक्लिनिकका सञ्चालक पनि हुन्।

उनले भारत तथा चीनबाट एमबीबीएस गरेको र त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेको भन्दै बिरामी जाँच्दै आइरहेका थिए।

प्रकाशित: ८ माघ २०८० १३:३४ | Monday, January 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast