नेसनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

हिमाल प्रेस १४ माघ २०८० १६:३५ | Sunday, January 28, 2024
नेसनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

काठमाडौँ- नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले भैरहवा स्थितहोटल टाइगर प्यालेसमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा दियो बालेर शुभारम्भ गरिएको सम्मान कार्यक्रममा विजेता अभिकर्ताहरुलाई खादा माला र सम्मान पत्रबाट सम्मानित गरिएको थियो।

तोकिएको बिमा शुल्क संकलन गरी नेपालभरबाट योग्य भएका चार जना सीओट. र ८३ जना एमडीआरटी अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो।

समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले अभिकर्ताहरुको प्रतिष्ठित संस्था मिलियन डलर राउन्ड टेबलका लागि योग्य हुनु अभिकर्ताहरुको वृत्ति विकासका लागि महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरेर कम्पनीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन निरन्तर लगानी गर्ने जानकारी गराए।

समारोहमा चर्चित कलाकार मनोज गजुरेलको मनोरञ्जनात्मक एवं व्यक्तित्व विकास सम्बन्धमा प्रस्तुति रहेको थियो। सम्मानित बिजनेस लिडरहरूले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए।

प्रकाशित: १४ माघ २०८० १६:३५ | Sunday, January 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast