नेप्से परिसूचकमा दाेहाेराे अंककाे गिरावट

हिमाल प्रेस १७ माघ २०८० १६:०३ | Wednesday, January 31, 2024
नेप्से परिसूचकमा दाेहाेराे अंककाे गिरावट

काठमाडौँ- यो साता कारोबारको लगातार तीन दिनसम्म उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज चौथो दिन भने दोहोरो अंकले घटेको छ। आज परिसूचक २१ दशमलव ६७ अंकले घटेर दुई हजार ९७ दशमलव ९३ को विन्दुमा कायम भएको हो।

तीन सय १३ कम्पनीको एक करोड ४७ लाख ७७ हजार एक सय १० कित्ता सेयर ९५ हजार छ सय ४५ पटक काराेबार हुँदा पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ बराबरको कारोबार भएको छ।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूह दुई दशमलव ०४ प्रतिशतले घटेको छ। सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ८७ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै मेन्छिंयाम हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पाँच दशमलव ८७ प्रतिशतले घटेको छ। कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६३ करोड ८७ लाख ८२ हजार छ सय ९१ बराबरको आठ लाख ८९ हजार आठ सय ६८ कित्ता सेयर किनबेच भएको छ।

प्रकाशित: १७ माघ २०८० १६:०३ | Wednesday, January 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast