नेपाल भित्रियो बीवाईडी सिल

हिमाल प्रेस ७ माघ २०८० १३:३७ | Sunday, January 21, 2024
नेपाल भित्रियो बीवाईडी सिल

काठमाडौँ- बीवाईडीको अधिकृत वितरक साइमेक्स इन्कले बीवाईडी सिललाई नेपाल भित्र्याएको छ। यसले विद्युतीय साधनको बजारमा क्रान्ति ल्याउने दाबी गरिएको छ। बीवाईडी सिल सुविधासम्पन्न र प्रविधियुक्त रहेको कम्पनीले जनाएको छ।

बीवाईडीका नयाँ प्रविधिमध्ये ब्लेड ब्याट्रीलाई सवारीको संरचनामा समाहित गरिएको छ। यो सुरक्षा, दक्षता र ठाउँको उपयोग बढाइएको सेल-टु-बडी टेक्नोलोजी रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार बीवाईडी सिलमा रहेको इलेक्ट्रिक पावरट्रेनले रियर ह्विल ड्राइभ संस्करणमा १५० किलोवाट र २३० किलोवाटको पावर दिन्छ। ब्लेड ब्याट्रीबाट सुसज्जित बीवाईडी सिलमा दुई किसिमका ब्याट्री प्याक उपलब्ध छन्। यसले उच्च पावर चार्जिङ क्षमतासहित ५७० किमिको रेन्ज दिने विज्ञप्तिमा जनाइएको छ।

बीवाईडी सिलको भित्र आरामदायक र सानदार अनुभव मिल्ने र अगाडिका सिटमा भेन्टिलेसन सुविधा छ। पछाडिका सिट आरामका लागि सावधानीपूर्वक डिजाइन गरिएका कोण र प्याडिङ छन्।

प्रकाशित: ७ माघ २०८० १३:३७ | Sunday, January 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast