नेपाल प्रहरीका सहायक हवल्दार रमेशको दुर्घटनामा मृत्यु

हिमाल प्रेस १७ माघ २०८० २०:१८ | Wednesday, January 31, 2024
नेपाल प्रहरीका सहायक हवल्दार रमेशको दुर्घटनामा मृत्यु

गोरखा- जिल्ला प्रहरी कार्यलय गोरखामाताहत अस्थायी प्रहरी पोस्ट धारापानीमा कार्यरत प्रहरी सहायक हवल्दार रमेश रानाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। घरबिदा सकेर कार्यस्थल फर्कने क्रममा ३३ बर्षका रानाको नारायणगढ मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर मृत्यु भएको हो।

रुपन्देहीको कन्चन गाउँपालिका वडा नं ४ निवासी राना गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङ दरबन्दी भई अस्थायी प्रहरी पोस्ट धारापानीमा कार्यरत थिए। गत माघ ११ गते घर बिदामा गएका उनी फर्कने क्रममा बुटवलबाट गोरखातर्फ आउँदै गर्दा दुर्घटनामा परेका हुन्।

उनी आफैँले चलाएको ग २३ प १५५९ नंम्बरको मोटरसाइकल भरतपुर महानगरपालिका वडा नं २९ पन्ध्रकिलोस्थित नारायणघाट मुग्लिङ सडकखण्डमा अनियन्त्रित भई पुल बनाउन खनेको खाल्डोमा खसेर दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेका उनी र मोटरसाईकल पछाडि सवार ३३ बर्षका विकासकुमार पुन घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइहेको छ। रानाको भने उपचारकै क्रममा निधन भयो।

प्रकाशित: १७ माघ २०८० २०:१८ | Wednesday, January 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast