नेपाल एकीकरणका अभियन्ताप्रति श्रद्धा [तस्बिरहरू]

दिपेश श्रेष्ठ २७ पुष २०८० १४:४१ | Friday, January 12, 2024
नेपाल एकीकरणका अभियन्ताप्रति श्रद्धा [तस्बिरहरू]

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरी शुक्रबार राष्ट्रिय एकता दिवस मनाएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अगुवाइमा र्‍यालीसहित पुगेर सिंहदरबारको पश्चिम गेटमा रहेको सालिकमा माल्यार्पण गरिएको हो। सो अवसरमा पार्टी नेताकार्यकर्ताको उपस्थिति थियो। र्‍यालीमा विभिन्न जातीय समुदायले झाँकी प्रदर्शन गरेका थिए।

राष्ट्रनिर्माता शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिँदैछ।
राष्ट्रपति रामचन्द्र पौडेलले पनि सिंहदरबार पश्चिम गेटमा रहेको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त अर्पण गरेका छन्।

 

प्रकाशित: २७ पुष २०८० १४:४१ | Friday, January 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast