नेपालले पाकिस्तानलाई दियो १९८ को लक्ष्य

हिमाल प्रेस १० माघ २०८० १७:३६ | Wednesday, January 24, 2024
नेपालले पाकिस्तानलाई दियो १९८ को लक्ष्य

काठमाडौँ- आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै १० विकेट गुमाउँदै १९७ रन बनाएको हो।

नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाए। दीपक डुम्रे २६, कप्तान देव खनाल २३, सुवास भण्डारी २०, गुल्सन झा १८, दीपेश कँडेल १३ रनमा आउट भए। अर्जुन कुमाल र आकाश त्रिपाठीले समान ६ रन बनाउँदा उत्तम मगरले ४ रन जोडे। आकाश चन्द १६ रनमा अविजित रहे।

पाकिस्तानका अरफत मिन्हासले ३, अहमद हुसैन र उबैद साहले समान २, खुबैब खलिल, मोहम्म जिसन र अली अस्फन्दले समान एक एक विकेट लिए।

प्रतियोगिताको समूह डी मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। समूहको शीर्ष ३ मा पर्दै अर्को चरणमा पुग्न अबका बाँकी खेलमा नेपाललाई जित्नै पर्ने बाध्यता छ। पाकिस्तान र नेपालबीच अण्डर नाईन्टिन विश्वकपमा भएका २ खेलमा दुवैले १/१ खेल जितेका छन्।

जारी प्रतियोतगतामा पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो। नेपाल यसअघि खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।

प्रकाशित: १० माघ २०८० १७:३६ | Wednesday, January 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast