नेपालद्वारा बंगलादेशलाई १७० रनको लक्ष्य

हिमाल प्रेस १७ माघ २०८० १७:२२ | Wednesday, January 31, 2024
नेपालद्वारा बंगलादेशलाई १७० रनको लक्ष्य

काठमाडाैँ – दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशलाई १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा १ सय ६९ रन बनायो। नेपालका लागि प्रतियोगितामा पहिलो खेल खेलेका विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाउँदा कप्तान देव खनालले ३५ रन बनाए। उनीहरुले चौथो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए। यी दुई बाहेक कुनै ब्याटर चल्न सकेनन्। थप दोहोरो स्कोरका रुपमा ओपनर अर्जुन कुमालको १४ रन बनाउँदा शुवास भण्डारी १८ रनमा अविजित रहे।

बंगलादेशका लागि रोहनात डौलाह बोर्सनले ४ विकेट लिंदा शेख पभेजले ३ विकेट लिए। बंगलादेश प्रतियोगितामा सेमिफाइनलको सम्भावना कायम राख्न नेपाल विरुद्ध फराकिलो जितको प्रतिक्षा रहँदा नेपाल भने खेल अघिनै सेमिफाइनलको होडबाट बाहिरिसकेको छ।

नेपाल र बंगलादेशबीच यू–१९ विश्वकपमा यो तेस्रो भेट हो। यसअघि सन् २००२ को विश्वकपमा बंगलादेशलाई २३ रनले नेपालले हराएको थियो। २०१६ को यू–१९ विश्वकप क्वाटरफाइनल भने नेपाल ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो।

प्रकाशित: १७ माघ २०८० १७:२२ | Wednesday, January 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast