नेपाः डान्स एकेडेमीको नृत्य मेला सम्पन्न

हिमाल प्रेस १२ माघ २०८० १३:०९ | Friday, January 26, 2024
नेपाः डान्स एकेडेमीको नृत्य मेला सम्पन्न तस्बिर सौजन्य : मनोजरत्न शाही

काठमाडौँ– नेपाः डान्स एकेडेमीले राष्ट्रिय नाचघर जमलमा १५० जना आफ्ना विद्यार्थीको ७० वटा नृत्य विधा प्रस्तृत गरेको छ। गणेश वन्दनाबाट सुरु भएको कार्यक्रम झण्डै ४ घण्टा लगातार चलेको थियो। काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको प्रमुख आथिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि यज्ञमान पनि बज्राचार्य थिए। नेपाः डान्स एकेडेमीले चार वर्षदेखि ५४ वर्षसम्मका विद्यार्थीलाई एउटै रमञ्चमा उतारेको थियो।

काठमाडौँका नेवार समाजमा हुर्केर नृत्य क्षेत्रमा केही गरुँ भन्ने अभिलाषा बोकी सन्‌ २०१० मा रोहिया महर्जन र रीना महर्जन सिंह दुईजना मिलेर स्थापना गरेको संस्था हो- नेपाः डान्स एकेडेमी।

एकेडेमी एउटा यस्तो नृत्य संस्था हो जहाँ विगत १३ वर्ष देखि लगातर नवप्रतिभाशाली बालबालिकादेखि लिएर युवा, वयस्क र जेष्ठ नागरिकसम्म नृत्य सिक्न धाइरहेका छन्। यहाँ विभिन्न प्रकारका नृत्यहरू जस्तै- लोकनृत्य, नेवारी, झ्याउरे, मारूनी, सोरठी, धिमे, तामाङ सेलो, कत्थक, भरतनाट्यम, हिपहपदेखि लिएर बलिउड स्टाइलका ७० भन्दा बढी नृत्य विधामा विद्यार्थी प्रशिक्षण लिँदै आइरहेका छन्।

१० जना विद्यार्थी लिएर सन्‌ २०१० मा काठमाडौँको क्षेत्रपाटीस्थित ढल्कोबाट आफ्नो यात्राको थालनी गरेको यस एकेडेमीले हालसम्म २००० भन्दा बढी विद्यार्थीलाई नृत्यका साथ साथै सांस्कृतिक र ऐतिहासिक ज्ञान पनि प्रदान गर्दै आइरहेको छ। विद्यार्थीको बढीभन्दा बढी अनुभव र नृत्यकौशलमा सुधार गर्न सकियोस् भन्ने हेतुले बेलाबेलामा नेपाः डान्स एकेडेमीले राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नृत्य विशेषज्ञहरूलाई निमन्त्रणा गरी नृत्य कार्यक्रम, कार्यशाला, प्रदर्शन र प्रतियोगिता आयोजना गर्दै आइरहेको छ।

एकेडेमीले नेपालमा पहिलोपल्ट वसन्तपुर डबलीमा मेगा डान्स कम्पिटिसन आयोजना गरेको थियो भने त्यसलगत्तै बालबालिकाका लागि टिभि रियालिटी सो किड्स मेगा डान्स) सञ्चालनमा ल्याएको थियो।

त्यसैगरी आफ्ना विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने हेतुले एनडीए फेस्टिभल सिजन १, सिजन २ र सिजना ३ नृत्य कार्यक्रमहरू आयोजना गरिएको थियो भने एनडीए
भिक्ट्री, एनडीए क्लासिकल नाइट, एनडीए मिट एन्ड ग्रिटजस्ता नृत्य कार्यक्रम पनि आयोजना गरिएको थियो।

प्रकाशित: १२ माघ २०८० १३:०९ | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast