नाम सम्मेलनमा प्रधानमन्त्रीले गरे हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न आह्वान

हिमाल प्रेस ५ माघ २०८० १८:५८ | Friday, January 19, 2024
नाम सम्मेलनमा प्रधानमन्त्रीले गरे हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न आह्वान युगान्डाको राजधानी काम्पालामा जारी असंलग्न राष्ट्रहरूको १९औँ शिखर सम्मेलनमा सहभागी हुँदै। तस्बिर सौजन्य : परराष्ट्र मन्त्रालय

कम्पाला(युगान्डा)- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूलाई हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न आह्वान गरेका छन्।

‘नाम’ को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु साझा हितमा रहेको बताएका हुन्।

‘म ‘नाम’ का साथीहरूलाई हाम्रो आह्वान-हिमालयको आह्वानलाई समर्थन गर्न आह्वान गर्दछु, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु हाम्रो साझा हितमा छ,’ उनले भने।

पहाडहरू विश्वव्यापी जनसंख्याको १५ प्रतिशत र पृथ्वीको जैविक विविधताको ५० प्रतिशतको घर रहेको भन्दै प्रधानमन्त्रीले सबै जीवित प्राणीहरूलाई यसले विश्वव्यापी सेवाहरू प्रदान गर्ने बताए।

नेपालले हिमाल, हिमाली पारिस्थितिक प्रणाली र त्यहाँ बसोबास गर्ने जनताको संरक्षणका लागि वकालत गर्दै आएको पनि उनले बताए। प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको विनाशकारी प्रभावले डरलाग्दो  रूपमा हिमनदीहरू घट्दै गएको बताए। यसले अर्बौंको जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडाको  साक्षी आफूहरू रहेको पनि उनले बताए।

प्रकाशित: ५ माघ २०८० १८:५८ | Friday, January 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast