नाडा र एसियाली विकास बैंकका पदाधिकारीबीच छलफल

हिमाल प्रेस १५ माघ २०८० १२:५७ | Monday, January 29, 2024
नाडा र एसियाली विकास बैंकका पदाधिकारीबीच छलफल

काठमाडौँ– नाडाको सचिवाल टेकुमा नाडा र एसियाली विकास बैंक पदाधिकारीहरूबीच विभिन्न विषयमा विस्तृत छलफल भएको छ।

नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा भएको बैठकमा नेपालमा अटोमोबाइल बजारको सम्भाव्यता, विद्युतीय सवारीसाधनहरूको व्यवसायमा देखिएका चुनौती र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको थियो।

बैठकमा डा.सुमित पोखरेल, चन्दन सापकोटा, रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति थियो। यसैगरी नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवालसमेतको उपस्थिति रहेको नाडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ माघ २०८० १२:५७ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast