नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

हिमाल प्रेस ३ माघ २०८० १७:०९ | Wednesday, January 17, 2024
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त फाइल तस्बिर

काठमाडौँ- सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्‌ले नियुक्ति गर्ने निर्णय गरेको हो।

त्यस्तै सांस्कृतिक संस्थानको रिक्त महाप्रवन्धक पदमा किरण बाबु पुनलाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनित गर्ने निर्णय गरेको छ। त्यस्तै गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन्।

प्रकाशित: ३ माघ २०८० १७:०९ | Wednesday, January 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast