नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध

हिमाल प्रेस २७ पुष २०८० १५:३२ | Friday, January 12, 2024
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध फाइल तस्बिर

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित भएका छन्। कैलालीको टीकापुरमा जारी पहिलो महाधिवेशनबाट चौधरी न‍िर्विरोध भएका हुन्। चौधरीको प्रस्तावकमा रोशन थापा र सानु शाक्य समर्थक थिए।

निर्वाचन समितिले अध्यक्ष पदका लागि तोकेको समयमा चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी स्वत:अध्यक्ष निर्वाचित बने। चौधरी निर्वाचित भएको औपचारिक घोषणा निर्वाचन समितिले भने गरिसकेको छैन।

फौजदारी अभियोग लागेको व्यक्ति दलको अध्यक्ष बन्न नपाउने कानुनी व्यवस्था छ। चौधरी हत्या अभियोगमा जेल बसेर सरकारले कैद सजाय माफी दिएपछि कैद मुक्त भएका व्यक्ति हुन्।

प्रकाशित: २७ पुष २०८० १५:३२ | Friday, January 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast