नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने बालविकास शिक्षिका दोषी ठहर, ६ महिना जेल सजाय

हिमाल प्रेस १२ माघ २०८० १८:०० | Friday, January 26, 2024
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने बालविकास शिक्षिका दोषी ठहर, ६ महिना जेल सजाय

काठमाडौँ– नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमाा मुद्दा चलाइएकी एकजना बालविकास शिक्षिका दोषी ठहर भएकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको बर्दगोरीया गाउँपालिकास्थित श्री माध्यमिक विद्यालयकी बालविकास शिक्षिका निरञ्जना मल्लविरुद्ध गत मंसिर १५ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

बालविकास शिक्षिका मल्लले नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा चलाइको मुद्दाको सुनुवाइ गर्दै विशेष अदालतले शुक्रबार दोषी ठहर गरेको हो। अदालतका न्यायाधीश डा. खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले ६ महिना जरिवाना र १० हजार रुपैयाँ जरिवाना तोकेको छ।

मल्लले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय​वाराणासी भारतबाट जारी भएको हाई–स्कुल परीक्षाको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएको अख्तियारले जनाएको थियो।

आयोगले शिक्षिका मल्ललाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद र जरिमाना सजाय गर्न अदालतसँग माग गरेको थियो। अख्तियारको दाबीअनुसार मल्ल पनि दोषी ठहर भएकी हुन्।

प्रकाशित: १२ माघ २०८० १८:०० | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast