नक्कली मदिरा उत्पादन गर्ने गिरोह पक्राउ

हिमाल प्रेस ३ माघ २०८० १३:०९ | Wednesday, January 17, 2024
नक्कली मदिरा उत्पादन गर्ने गिरोह पक्राउ

काठमाडौँ- स्वदेशी तथा विदेशी ब्रान्डका मदिराको नक्कली उत्पादन गर्दै बजारमा पुर्‍याउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंका विभिन्न ठाउँमा नक्कली मदिराको कारखाना र गोदाममा छापा मारेर प्रहरीले गिरोहलाई पक्राउ गरेको हो ।

काठमाडौंका विभिन्न ठाउँहरूबाट नक्कली मदिरा बनाउने कारखानासहित ९ जनालाई आज नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। पक्राउ पर्नेहरूलाई प्रहरीले सार्वजनिक पनि गरेको छ। पक्राउ पर्नेमा मनोज खत्री, विनोदकुमार कार्की, गौरव तामाङ, मोहन खड्का, रोशन कार्की, महेश खत्री, मनिष खत्री, लेखविक्रम थापा र सुमन नगरकोटी रहेका छन्।

उनीहरूले महंगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा मिसाएर बिक्री वितरण गर्ने गरेको खुलेको छ।

प्रकाशित: ३ माघ २०८० १३:०९ | Wednesday, January 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast