‘द राजा साब’ को पोस्टरमा प्रभास

हिमाल प्रेस ३ माघ २०८० १३:१८ | Wednesday, January 17, 2024
‘द राजा साब’ को पोस्टरमा प्रभास

काठमाडौँ– बलिउड फिल्म ‘द राजा साब’ को पहिलाे पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेता प्रभास मुस्कानसहित लुंगीमा देखिएका छन्।

मारुती दासरी निर्देशित फिल्म रोमान्टिक, हरर र ड्रामा जनरामा बन्ने निर्माण टिमले जनाएको छ। तेलुगु, हिन्दी, तमिल, मलयालमलगायत पाँच भाषामा एकसाथ प्रदर्शन हुने छ।

फिल्मका निर्माता टीजी विश्व प्रसाद हुन्। फिल्ममा थमन एसको संगीत रहने फिल्म पिपल मिडिया फ्याक्ट्रीको ब्यानरमा बन्ने भएको हो।

प्रकाशित: ३ माघ २०८० १३:१८ | Wednesday, January 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast