दार्चुलामा प्रहरीमाथि चक्कु प्रहार, हवल्दार खड्का र जवान ठगुन्ना घाइते

हिमाल प्रेस ७ माघ २०८० १८:२२ | Sunday, January 21, 2024
दार्चुलामा प्रहरीमाथि चक्कु प्रहार, हवल्दार खड्का र जवान ठगुन्ना घाइते घाइते जवान ठगुन्ना।

काठमाडौँ– दार्चुलामा दुई जना प्रहरीमाथि आक्रमण भएको छ। महाकाली नगरपालिका-१ दहका २५ वर्षका उमेश कुँवरले प्रहरी हवल्दार जयबहादुर खड्का र जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन्।

श्रीमतीलाई कुटपिट गरेरको उजुरीपछि सामुदायिक प्रहरी बांगाबगरमा कार्यरत प्रहरीहरू कुँवरलाई पक्राउ गर्न गएका थिए। सोहीक्रममा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

कुँवरले प्रहार गरेको चक्कुले लागेर प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा चोट लागेको छ। उनको दार्चुलामै उपचार भइरहेको छ। हवल्दार खड्का भने सामान्य घाइते छन्।

उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा उजुरी निवेदन दिएकी थिइन्। चक्कु प्रहारपछि कुँवर फरार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।

प्रकाशित: ७ माघ २०८० १८:२२ | Sunday, January 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast