त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

हिमाल प्रेस १२ माघ २०८० ९:११ | Friday, January 26, 2024
त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (यूईएसटीसी) बीच सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बिहीबार भएको सम्झौतामा त्रिविका निमित्त उपकुलपति डा.शिवलाल भुसाल र यूईएसटीसीका कुलपति जेङ्गयोङ्गले हस्ताक्षर गरे।

सम्झौताको साक्षीमा त्रिविबाट आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख प्रा.चिरञ्जीवी खनाल र यूईएसटीसीका प्राध्यापक हाङ्होङ रहेका छन्। सम्झौतापछि त्रिविका निमित्त उपकुलपति भुसालले यसले विभिन्न सम्भावनाको ढोका खोलेको भन्दै आगामी दिनमा दुई विश्वविद्यालयका बीचमा घनीभूत सहकार्य हुने विश्वास व्यक्त गरे।

यूईएसटीसीका प्रतिनिधि प्राध्यापक हाङहोङले आफ्नोतर्फबाट अध्ययन र अनुसन्धानका क्षेत्रमा सक्दो सहयोग गर्ने बताउँदै ज्ञान र सीपको पनि आदानप्रदान हुनुपर्ने बताए। सम्झौताका लागि पहलकर्ता प्रा.खनालको दुवै विश्वविद्यालयका बीचमा दीर्घकालीनरूपमा सहकार्य गर्न समझदारी भएको बताउँदै पारस्परिक समानता र लाभको पारस्परिकताका सिद्धान्तमा आधारित आपसीहित र शैक्षिक सहयोगलाई सक्षम पार्न सम्झौता उपयोगी हुने जनाए।

सम्झौतासँगै विद्वान, अनुसन्धानकर्ता र शिक्षण कर्मचारीको आदानप्रदान हुनेछ भने विद्यार्थीहरूकोसमेत आदानप्रदान हुनेछ। संयुक्तरूपमा कार्यशाला र सङ्गोष्ठीको आयोजना हुनेछ। यो सम्झौतामा पाँच वर्षका लागि हुनेछ।

प्रकाशित: १२ माघ २०८० ९:११ | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast