त्रिवि पनिकाले माघ १५ गतेदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने

हिमाल प्रेस २ माघ २०८० १५:२४ | Tuesday, January 16, 2024
त्रिवि पनिकाले माघ १५ गतेदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने पुष्पराज जोशी, परीक्षा नियन्त्रक, त्रिवि

काठमाडौँ- त्रिवि परीक्षा नियन्त्रण कार्यालयले माघ १५ गतेदेखि टान्सक्रिप्ट, प्रोभिजनल, पुनर्योग, करेक्सन, प्रतिलिपिलगायतका सेवा अनलाइनबाट उपलब्ध गराउने भएको छ। केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको जानकारी परीक्षा नियन्त्रक पुष्पराज जोशीले मंगलबार दिएका हुन्।

उनका अनुसार अनलाइनबाट फाराम भरेर त्यहीँ शुल्क तिनुपर्नेछ। यससम्बन्धी विस्तृत विवरण माघ १० गते पनिकाको वेबसाइटमा उपलब्ध हुने जोशीले बताए।

परीक्षा नियन्त्रक जोशीले भने, ‘अब विद्यार्थीले अनलाइन फाराम भरेर ट्रान्सकिप्ट लिन सक्छन्। ट्रान्सकिप्टदेखि सबै सेवा बल्खु जान नपर्ने गरी हामी सेवा सुरु गर्छौँ।’ परीक्षासम्बन्धी सम्पूर्ण काम अनलाइन प्रणालीमा लगिएको र अब छिटोछरितो सेवा दिने पनिकाको भनाइ छ।

यी सेवाहरू लिनका लागि परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय कार्यालयहरूमा धाउनुपर्दा त्रिविको आलोचना हुँदै आएको छ।

घरमै ट्रान्सक्रिप्ट दिलाउने यस्तो छ त्रिविको योजना [भिडिओसहित]

प्रकाशित: २ माघ २०८० १५:२४ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast