त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित पक्राउ परे खगेन्द्र

हिमाल प्रेस ७ माघ २०८० १६:१८ | Sunday, January 21, 2024
त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित पक्राउ परे खगेन्द्र प्रतिनिधिमुलक तस्बिर

काठमाडौँ- त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधाकिलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ। कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आज दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो।

कार्यालयका प्रमुख डा टोकराज पाण्डेले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिए।

हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारको दोहादेखि काठमाडौँ आएका दर्जीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको डा. पाण्डेले बताए।

बरामद भएको सुन दर्जी आफैँले ल्याएका हुन् या सुन ल्याइदिनका लागि उनी कसैको भरिया भएका हुन् भन्ने बारे आवश्यक अनुसन्धान भइरहेको पाण्डेले बताए। रासस

प्रकाशित: ७ माघ २०८० १६:१८ | Sunday, January 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast