ट्रम्पकाे दाबी : म दोस्रोपटक राष्ट्रपति भएको भए युक्रेन र गाजामा द्वन्द्व हुने थिएन

हिमाल प्रेस १० माघ २०८० १७:५० | Wednesday, January 24, 2024
ट्रम्पकाे दाबी : म दोस्रोपटक राष्ट्रपति भएको भए युक्रेन र गाजामा द्वन्द्व हुने थिएन डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस

न्यू ह्यामसायर,अमेरिका- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ को नारालाई जोड दिँदै आफू दोस्रोपटक राष्ट्रपति भएको भए युक्रेन र गाजामा द्वन्द्व नहुने दाबी गरेका छन्। ट्रम्पले आफ्नो कार्यकालको नीतिका कारण इरान ‘विभाजित’ भएको तर गलत नीतिका कारण आज देशले युद्धका नाममा पैसा ‘पम्पिङ’ गरिरहेको बताए।

न्यू ह्याम्पसायरको लण्डनडेरी सिटीमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने,‘यदि अमेरिकीहरू एउटा महान् देश चाहन्छन् भने उनीहरू रिपब्लिकन पार्टीको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानमा सहभागी हुनुपर्छ। यसैको पक्षमा मतदान गर्नुपर्छ।’

रिपब्लिकन पार्टी अमेरिकालाई महान् बनाउने अभियानमा लागिरहेको उनको दाबी थियो। ट्रम्पले आफू सत्तामा हुँदा सबै कुरा ‘सहज र राम्रोसँग’ चलिरहेको भए पनि आज पूरै विश्व ‘हिंसा’ को त्रासमा रहेको बताए।

उनले भने,‘हामीले ती मुलुकसँगका समस्यालाई राम्रो तरिकाले सम्बोधन गरेका थियौं। हामीसँग कुनै युद्ध थिएन। रुसले युक्रेनमाथि कहिल्यै आक्रमण गर्ने थिएन र इजरायलमाथि पनि आक्रमण हुने थिएन।’ रासस/एएनआई

प्रकाशित: १० माघ २०८० १७:५० | Wednesday, January 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast