टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग अभ्यास खेलमा भिड्दै नेपाल

हिमाल प्रेस २ माघ २०८० ८:०९ | Tuesday, January 16, 2024
टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग अभ्यास खेलमा भिड्दै नेपाल

काठमाडौँ- आईसीसी १९ वर्षमुनिको विश्वकपअघिको अभ्यास खेलमा नेपालले आज टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग खेल्दैछ।

दक्षिण अफ्रिकाको जोहानेसवर्गमा खेल नेपाली समय अनुसार खेल दिउँसो पौने २ बजे सुरु हुनेछ। यसअघि नेपालले शनिबार भएको औपचारिक पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराएको थियो।

त्यस्तै, त्यसअघि भएका अनौपचारिक अभ्यास खेलमा स्कटल्यान्डलाई १३५ र नामिबियालाई ६ रनले हराएको थियो।

आईसीसीले विश्वकपअघि हरेक टोलीलाई दुई–दुईवटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको हो। १९ वर्षमुनिको विश्वकप आउँदो शुक्रबारदेखि सुरु हुनेछ।

यो विश्वकपमा नेपालसहित १६ वटा देश सहभागी छन्। नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन्।

प्रकाशित: २ माघ २०८० ८:०९ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast