‘जिग्री’को टिजर सार्वजनिक

हिमाल प्रेस १२ माघ २०८० १६:५४ | Friday, January 26, 2024
‘जिग्री’को टिजर सार्वजनिक

काठमाडौँ– फागुन ४ देखि प्रदर्शन हुने फिल्म ‘जिग्री’को टिजर सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो।

‘एउटा आलु जस्तो, अर्को तामा जस्तो’ ट्यागलाइन रहेको फिल्ममा अनेकौँ सपना बोकेर काठमाडौँ आएका दुई फरक युवाको संघर्षको कथा प्रस्तुत गरिएको छ।

कमेडी, क्राइम, एक्सन, ड्रामा जनरामा बनेको फिल्मका निर्देशक आकाश मगर हुन्।

फिल्ममा कलाकार अभय बराल, आकाश मगर, सुशीलराज पाण्डे र पशुपति राईको मुख्य भूमिकामा छन्। अन्य कलाकार सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिश व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारीलगायतको अभिनय छ।

फिल्मका निर्माता कुमार श्रेष्ठ हुन् भने कार्यकारी निर्मातामा कुसुम थापा मगर छन्। फिल्मको छायांकन सुमित भट्ट र सोमित माझीले गरेका हुन्।

सरुन मानन्धरको सम्पादन, सुवास पौडेल र भास्कर स्वाँरको संगीतमा बनेको फिल्ममा सुस्केरा आर्ट्सको प्रस्तुति तथा लोकल सिनेमाको सहकार्यमा निर्माण भएको छ।

यस्ताे छ टिजर

प्रकाशित: १२ माघ २०८० १६:५४ | Friday, January 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast