जाडोमा अपनाउनुपर्ने सावधानी

हिमाल प्रेस ९ माघ २०८० ७:४२ | Tuesday, January 23, 2024
जाडोमा अपनाउनुपर्ने सावधानी

जाडोमा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्।

त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरु अपनाऔंः

–हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौँ

–कोइला जन्य स्रोतबाट सकेसम्म आगो नतापौं

–आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराखौं आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गरौं

–हिटरको प्रयोग गर्दा समयसमयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौं

–सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं

–गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौँ

–गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ

-स्वास्थ्यखबर

प्रकाशित: ९ माघ २०८० ७:४२ | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast