जसपाको महाधिवेशन जेठमा

हिमाल प्रेस २८ पुष २०८० ७:४९ | Saturday, January 13, 2024
जसपाको महाधिवेशन जेठमा

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले आगामी वर्ष २०८१ को जेठमा महाधिवेशन गर्ने भएको छ।

शुक्रबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २८, २९ र ३० गते धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो।

ललितपुरको ज्यापु प्रज्ञा भवनमा बसेको बैठकले राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि पनि छलफल भएको केन्द्रीय प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

यस्तै जसपाले माघ ३ गते मधेश दिवस र ५ गते वलिदान दिवस मनाउने निर्णय पनि गरेको छ।

प्रकाशित: २८ पुष २०८० ७:४९ | Saturday, January 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast